दफा १३
बचाउ र लागू नगर्ने अधिकार

(१) यो ऐनमा लेखिएका कुनै कुरा निम्नलिखित व्यक्ति वा अधिकारीद्वारा उत्पादन हुने, राखिने, प्रयोग गरिने, परिवहन गरिने वा पैठारी गरिनेमा लागू हुनेछैन :–

(क) नेपाल सरकारले बनाएका नियम अनुसार नेपाली सेनाद्वारा, र

(ख) नेपाल सरकारको कुनै मन्त्रालय विभाग वा अड्डाद्वारा ।

(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुन विष्फोटक पदार्थको सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको सबै वा कुनै कुरा पूर्ण तथा केही शर्तका अधीनमा रही लागू नहुने गर्न सक्नेछ ।